पौष, २७ काठमाडौँ । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन ७५ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज ५ रुपैयाले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।