कार्तिक ९, कञ्चनपुर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउन खसी बोका उपलब्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो ।
लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन बडायकका अनुसार कैदीबन्दीले दसैँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको हो । उनका अनुसार सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि खसी उपलब्ध गराइएको हो । यसैगरी नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन्। कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन ।