भदौ ८, काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको शेयर ११.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी पन्चकन्या माई हाइड्रोको शेयर ९.८३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको १२ करोड ७२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ११ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।