भदौ ८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताउदै समाजमा अपराध बढेको बताएका हुन् ।
उनले भने- ‘यो हाम्रो समाज कता गइरहेको छ, यो दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि चाहे कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस् चाहे मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस् । यसले के देखाउछ की हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ । अराजकता, अस्थिरता, हत्या, हिँसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले जनता दुखमा छन् । जब समाजमा बेथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ ।’
सांसद सिंहले समाजमा विश्वास र भरोसा उठेपछि समाजमा अपराध बढ्ने बताएका छन् ।
