• २०८३ मङ्सिर ३ गते बुधवार

रास्वपा महामन्त्रीको प्रश्न- गरिमाका अभिभावकले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचियो, कस्तो समाज बनाउदैछौं ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले गृहमन्त्रालयमा गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै कस्तो समाज बनाउन लागेका छौं भन्दै प्रश्न गरेका छन् । साथै गरिमाको हत्याको घटनामा दोषी भनिएका युवकको भिडियो समेत सार्बजनिक गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

उनले भने- म गरिमा चौधरीको हत्याकाण्डको बारेमा धेरै बोलिन, तर हामीसबै जनाले मनन गर्नुपर्ने कुरा के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं, जहाँ मृतकका बुबा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र दोषी भनिएका व्यक्तिले बोलेका कुरालाई सार्बजनिक गरिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस