• २०८३ बैशाख २० गते आइतवार

नेपाल कपडा तथा सिलाई व्यवसायि संघ नवलपरासीको प्रथम साधारणसभा सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  •  विमल भट्टराई / ईन्दिरा विश्कर्मा

पौष २६,नवलपरासी । सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले सुनवल नगरलाई समृद्ध बनाउने योजनाका साथ नगरपालिकाले बिभिन्न सिपमुलक कार्यक्रम ल्याएको जानकारी दिनुभएको छ । शनिबार सम्पन्न भएको नेपाल कपडा तथा सिलाई व्यवसायि संघ नवलपरासीको प्रथम साधारणसभा तथा प्रथम अधिवेसनलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले सो कुरा बताउनुभएको हो ।


उहाँले छरिएर रहेका व्यवसायीलाई एकताबद्ध बनाई बिभिन्न योजनाका साथ आफुहरु अगाडि बढको बताउनुभएको छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायि संघ नवलपरासीका अध्यक्ष जोगन्द्र प्रसाद हरिजनको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यता एवं नगरउपप्रमुख दधिराम अर्याल, महासंघका बरिष्ठ उपाध्यक्ष रामकुमार रणपालको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

संघका उपाध्यक्ष बलराम कवरको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष रामकुमार रणपाल , घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५का बरिष्ठ उपाध्यक्ष उमानाथ पोखरेल, सिलाई व्यवसायी संघका पदाधिकारी रुपेश कुमार नेपाली, सुवाश परियार, कृष्ण अधिकारी, लोकबहादुर नेपाली, गणेश बराल, इश्वर नेपाली , लाल बहादुर परियार लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस