• २०८३ भाद्र २३ गते मङ्गलवार

बाढीपहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित, यात्रा गर्दा पूर्वजानकारी लिन प्रहरीको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २३, काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज सोमबार बिहान ६:४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

प्रहरीको अद्यावधिक जानकारी अनुसार काठमाडौँबाट धादिङतर्फ जाने मार्गको चन्द्रागिरि नगरपालिका–२, चिसापानी क्षेत्रमा खसेको पहिरो हटाइएकाले अहिले सो सडक खण्ड एकतर्फी रूपमा सुचारु भएको छ। तर, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा भने सवारी सञ्चालनमा रोक लगाइएको छ। सो क्षेत्रमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्मको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारी साधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि देशका अन्य मुख्य राजमार्गहरूमा पनि आवगमन प्रभावित रहेको छ।

यसैगरी शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा रात्रिकालीन समयमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी साधन चलाउन रोक लगाइएको छ। प्रहरीले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

May be an image of text

May be an image of ‎text that says '‎चितवन सडक मर्मत २०८३/०५/२२ οξ:ο ។. रोल्पा पहिरो मिति २०८३/०५/१७ गते 94:30 नारायणगड- मुगलिन तुइनखोला लुम्बिनी प्रदेश परिवर्तन गा.पा.३ भालखोर ១. गाडीकोचाप चाप हेरी एक्तरफी सचारू मुगु पहिरो सहिद राजमार्ग कालिकोट कर्णाली प्रदेश पहिरो छॉयानाथ रारा न.पा. वडा $. पूर्ण रुपमा अबरोध . لاه ताल्चा सल्यान पहिरो २०८३/०५/१६ १८:१५ २०८३/०५/२० १८:२० २०८३/०५/२२ २०:३० २०८३/०५/२१ १७:०० ل गमगढी शुभकालिका गाउ पालिका वडा नम्वर ٩ गगने खोला सुर्खेत पहिरो पुर्ण रुपमा अबरोध कर्णाली राजमार्ग कपुरकोट गा.पा. ३ चोरखोला स्थत पुर्ण रुपमाअबरोध रुपमा अबरोध रामी राजमार्गमा बराहताल गा.पा औलिसे पूर्ण रुपमा अवरोध कर्णाली राजमार्ग रुपमा अवरोध नेपाल प्रहरी सत्य सेवा सुरक्षणम‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस