• २०८३ भाद्र ६ गते शनिवार

रसुवामा पहिरो, ११ घरगोठमा क्षति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, रसुवा । रसुवाको उत्तरगया गाउँपालिका –०१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण र आंशिक क्षति पुर्‍याएको छ । शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो आएर घर तथा गोठमा क्षति पुगेको हो । उक्त पहिरोबाट ६५ जना विस्थापित भएका छन् । उक्त पहिरोबाट कुनै मानवीय क्षति भएको छैन ।

पहिरोबाट पशुचौपाय तथा घरगोठ आंशिक तथा पूर्ण रुपमा क्षति हुँदा करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस