• २०८३ बैशाख ७ गते सोमवार

बाल बिकाशमा रहेका सबै असहाय बालबालिकाको उद्धारमा  : डिएसपी सिंह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १३, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित असहाय बाल विकाश नेपालमा रहेका सबै बालबालिकालाई स्थान्तरण गरिने भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले असहाय बाल विकाश नेपालका सबै बालबालिकालाई शनिवार सम्म उद्धार गर्ने गरि सबै तयारी पुरा भइसकेको जानकारी दिनुभएको छ ।

हामीले बाल बिकासमा रहेका सबै बालबालिका संग उनीहरु माथि भएको ब्यबहार बारे सोधपुछ गरि सकिसकेका छौं,प्रहरी प्रमुख डिएसपी सिंहले भने शुक्रवार बिद्यालय छुट्टी भएपछि बालबालिकालाई त्यहाँबाट स्थान्तरण गर्ने तयारी भइसकेको छ । डिएसपी सिंहले उद्धार गरिने बालबालिका मध्य बालिका ६ जना बालिकालाई उद्धार पछि तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुरमा राखिने भएको छ । असहाय बाल बिकाशमा ७ जना बालिका बस्दै आएका छन् । बालात्कारमा परेकी भनेएकी जुम्लाकी १४ बर्षीया बालिकाको भने राप्ती स्वास्थ विज्ञान प्रष्ठिानमा उपचार तथा मनोपरामर्ष जारी रहेको जानकारी दिएका छन । सहाय बाल विकाशमा रहेका थप ९ जना बालकलाई भने घोराहीमा स्थान्तरणको तयारी भइरहेको डिएसपी सिंहले जानकारी दिए ।

असहाय बाल विकाश नेपालमा बस्दै आएकी एक जना १४ बर्षीय बालिकाले सोही संस्थाका अध्यक्ष बिष्णु चौधरीले आफुमाथि गत कात्तिकदेखि पटक-पटक जवरजस्ति बालात्कार गरेको अभियोग सहित जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएकी छिन् । अभियुक्त बिष्णु चौधरी भने फरार रहेका छ्न । उनको खोजी कार्य तीब्र पारेको डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस