• २०८३ असोज १४ गते बुधवार

धनुषामा २२.५८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, धनुषा । धनुषामा प्रहरीले २२.५८० ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय यदुकुहाको संयुक्त प्रहरी टोलीले धनुषाबाट खैरो हेरोइन खरिद–बिक्री भइरहेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषा, हंसपुर नगरपालिका–१ ठेगाना भएका २७ वर्षीय बल्लु पासवान र धनुषा, सबैला नगरपालिका–१० ठेगाना भएका १९ वर्षीय राजन यादव रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई २०८३ भदौ ५ गते धनुषा शहीद नगरपालिका–३ बाट लागूऔषध खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरूको साथबाट २२.५८० ग्राम खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय यदुकुहा, धनुषामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

May be an image of text

 

Sharing

प्रतिक्रिया दिनुहोस