• २०८३ भाद्र ५ गते शुक्रवार

पार्टीमा बसेर पार्टीकै जरा काट्ने प्रवृत्ति उचित होइन !

खिमराज गिरी पढ्न लाग्ने समय : ५ मिनेट

अहिले नेपालमा धेरै दलहरु खोलिएको छ र अहिले सरकारमा रास्वपाको बहुमत छ । बिगतदेखि बर्तमानसम्म हरेक दलभित्र कुनै न कुनै तरिकाबाट असहज तरिकाले फरक मत राख्ने गुट हुन्छन नै । अझ कोही त अहिलेको सन्जालमा चर्चा आउनकै लागि पनि आफ्नै घरबार भाड्दै हिडेको पनि देखिन्छ । अहिले बढी चर्चा चलेको छ नेकपा एमालेको दल भित्रको गुट्बन्दी ।

नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेना कुनै समय सादगी, जुझारुपन र संगठनप्रतिको प्रतिबद्धताका कारण परिचित थिइन् । तर पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको उनको अभिव्यक्ति, प्रस्तुतिको तामझाम र पार्टीभित्रका असहज विषयलाई सार्वजनिक रूपमा उठाउने शैलीले भने एउटा गम्भीर प्रश्न जन्माएको छ कि, यो व्यक्तिगत असन्तुष्टि हो कि पार्टी सुधारको प्रयास ?

एमालेले पनि आफ्ना कमजोरीप्रति आँखा चिम्लिनु हुँदैन र यसको मतलव उहाले उठाउनु भएको मुद्वा सवै बेठीक भन्ने पनि होइन । अहिलेको राजनीतिक र सामाजिक परिस्थितिमा त्यो केही हदसम्म जायज पनि होला तथापी नेकपा एमालेलाई अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट हरेक कुरामा घेराबन्दीमा पारिएकोले घरभित्रकै भाड्भैलोलाई सवै मिलेर सुल्झाउनु पर्छ भन्ने आम कार्यकर्ताको बुझाइ हो ।

निर्वाचनपछि अपेक्षित जिम्मेवारी वा पद नपाएको असन्तुष्टि हुन सक्छ, कसैको उक्साहट हुन सक्छ अथवा चर्चामा आउने मनोविज्ञान । कारण जे भए पनि पार्टी कमजोर अवस्थामा रहेका बेला नेतृत्व र कार्यकर्ताबीचको दूरी बढाउने तथा आन्तरिक विवादलाई सामाजिक सञ्जालमा छताछुल्ल पार्ने कामले संगठनलाई बलियो बनाउँदैन । बरु विरोधीलाई रमिता हेर्ने अवसर दिन्छ र सामान्य कार्यकर्ताको मनोबल कमजोर बनाउँछ । कुनै पनि राजनीतिक दलमा असहमति स्वाभाविक हुन्छ । नेतृत्वको आलोचना गर्न पाइन्छ । गलत निर्णयको विरोध गर्न पाइन्छ । तर आलोचना र आत्मघाती प्रचारबीचको सीमा बुझ्नुपर्छ । पार्टीभित्रै बसेर पार्टीका कमजोरी सुधार्ने प्रयास गर्नु एउटा कुरा हो, पार्टीको प्रतिष्ठा नै कमजोर हुने गरी आन्तरिक विषयलाई सार्वजनिक तमासामा परिणत गर्नु अर्को कुरा हो ।

आज नेपाली राजनीतिमा नेतृत्व परिवर्तन मात्रै समाधान रहेन भन्ने उदाहरण प्रशस्त छन् । नेपाली कांग्रेसमा नेतृत्व र पुस्ता परिवर्तनका बहस भइरहे पनि अपेक्षित रूपान्तरण सहज भएको छैन । नयाँ शक्तिका रूपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रारम्भिक आकर्षणमा पनि विभिन्न कारणले प्रश्न उठिरहेका छन् । यसको अर्थ स्पष्ट छ कि, दलको समस्या केवल नेता फेरेर समाधान हुँदैन; नीति, संगठन, अनुशासन, कार्यशैली र जनविश्वास पनि सुधार्नुपर्छ ।

एमालेले पनि आफ्ना कमजोरीप्रति आँखा चिम्लिनु हुँदैन र यसको मतलव उहाले उठाउनु भएको मुद्वा सवै बेठीक भन्ने पनि होइन । अहिलेको राजनीतिक र सामाजिक परिस्थितिमा त्यो केही हदसम्म जायज पनि होला तथापी नेकपा एमालेलाई अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट हरेक कुरामा घेराबन्दीमा पारिएकोले घरभित्रकै भाड्भैलोलाई सवै मिलेर सुल्झाउनु पर्छ भन्ने आम कार्यकर्ताको बुझाइ हो । तर देशको अस्थिर राजनीतिक परिस्थिति, अर्थतन्त्रको दबाब, बाह्य भू–राजनीतिक चुनौती र विकासको अपेक्षाबीच पार्टीभित्रका नेताहरूले अझ जिम्मेवार भूमिका खेल्न आवश्यक छ । केपी शर्मा ओली नेतृत्वका विगतका सरकारका समयमा पूर्वाधार, सडक, ऊर्जा तथा विकासका केही क्षेत्रमा भएका कामलाई अन्तर्राष्ट्रिय विकास सूचक र विभिन्न अध्ययनले समेत सकारात्मक रूपमा मूल्यांकन गरेका छन् । त्यसैले वर्तमान सरकारका कमजोरीप्रति सचेत गराउने, राष्ट्रिय मुद्दामा पार्टीको धारणा स्पष्ट पार्ने र जनताका समस्या उठाउनेतर्फ एमालेका नेताहरूको ध्यान जानु आवश्यक छ ।

आज एमालेका लागि आवश्यक कुरा पदको तामझाम होइन, संगठनको पुनर्सुदृढीकरण हो । सामाजिक सञ्जालमा भाइरल हुने प्रतिस्पर्धाभन्दा गाउँ–गाउँमा पुगेर जनताको समस्या सुन्ने नेतृत्व चाहिएको छ ।

त्यसको सट्टा व्यक्तिगत, पारिवारिक वा आन्तरिक असन्तुष्टिका विषयलाई नै राजनीतिको मुख्य विषय बनाइरहने हो भने त्यसले कसलाई फाइदा गर्छ ? प्रश्न उषाकिरणलाई मात्र होइन, एमालेभित्र अवसर खोज्ने सबैलाई हो । र कठीन समयमा साथ नदिने र पखेटा काट्न खोज्ने कुनै पनी नेता तथा कार्यकर्ता लडाइको समयमा मैदान छोडेर भागेको सिपाही जस्तै हो ।

एमालेमा बसेर के पाइन्छ भनेर दिनरात हिसाब गर्ने, अवसर नपाउँदा पार्टीलाई गाली गर्ने र आफ्नै पार्टी कमजोर हुने गरी बोल्ने हो भने सदस्यताको कार्ड किन बोकेर हिँड्ने भनेर जताततै चर्चा चलेको सन्दर्भ उजागर गर्न खोजिएको हो । यस्ता कुरा अन्य कुनै पनि दलका अवसरवादी नेता तथा कर्ताको लागि चेतनाकोस्तर जागृत गराउन पनि हो । पार्टीप्रति विश्वास छैन भने सदस्यता त्यागेर स्वतन्त्र रूपमा राजनीति गर्ने साहस गर्नुपर्छ । तर पार्टीभित्रै बसेर पार्टीकै बदनाम गर्ने, कार्यकर्ताको मनोबल गिराउने र बाहिर बसेकालाई रमिता देखाउने प्रवृत्ति स्वीकार्य हुन सक्दैन भन्ने आम कार्यकर्ताको बुझाइ छ ।

एमालेमा बस्ने हो भने एमालेलाई बलियो बनाउनुपर्छ । नेतृत्वसँग असहमति छ भने संस्थागत रूपमा राख्नुपर्छ । आलोचना गर्नुपर्छ, तर समाधान पनि दिनुपर्छ । अनुशासन भनेको नेतृत्वको अन्ध समर्थन होइन; संगठनको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु हो ।

आज एमालेका लागि आवश्यक कुरा पदको तामझाम होइन, संगठनको पुनर्सुदृढीकरण हो । सामाजिक सञ्जालमा भाइरल हुने प्रतिस्पर्धाभन्दा गाउँ–गाउँमा पुगेर जनताको समस्या सुन्ने नेतृत्व चाहिएको छ । पार्टी बलियो भयो भने अवसर पनि आउँछ, जिम्मेवारी पनि आउँछ । तर पार्टी नै कमजोर बनाएर आफू बलियो बन्न खोज्ने राजनीति अन्ततः आफैंका लागि पनि प्रत्युत्पादक हुन सक्छ तर एमालेको नेतृत्वमा भने मपाइत्वले स्थान पाएकै हो र स्वार्थको भूमरीमा घमन्डको बादलले ढाकेको भने असत्य होइन ।

त्यसैले प्रश्न सरल छ, सवैले बुझ्नुपर्ने कुरा यो हो कि, पार्टी चाहिने पनि, पार्टीकै बदनाम गर्नुपर्ने अथवा दुई नाउमा खुट्टा राखेर राजनीति गर्ने दिन अब सकिनुपर्छ । असहमति राखौँ, आलोचना गरौँ, तर पार्टीको जग नभत्काऔँ । यसैमा सवैको भलो हुनसक्ला ।

Sharing

प्रतिक्रिया दिनुहोस