• २०८३ भाद्र ४ गते बिहिवार

बागमतीको मुख्यमन्त्रीमा दाबि पुग्दैन- राप्रपा प्रवक्ता श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४,काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक जना सांसदले व्यक्तिगत रूपमा दिएको समर्थनलाई दलको समर्थनका रूपमा मान्न नसकिने बताएका छन् । उनले बागमती प्रदेशमा राप्रपाका १२ जना सांसद रहेकाले एक जना सांसदले मात्रै एक्लै मुख्यमन्त्रीका लागि समर्थन दिन नमिल्ने र त्यसलाई दलको समर्थन मान्न पनि नसकिने स्पष्ट पारेका छन् । श्रेष्ठले एक जना सांसदको समर्थनलाई मान्यता दिइए पनि मुख्यमन्त्रीमा दाबी गर्ने आवश्यक संख्या नपुग्ने बताए । संख्या नपुगी गरिएको दाबीको कुनै अर्थ नहुने उनको भनाइ छ ।

संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको समर्थनमा समेत दलको समर्थन नरहेको श्रेष्ठले दाबी गरेका छन् । उनका अनुसार समर्थनका विषयमा संसदीय दलको बैठक नै बसेको छैन । उनले अनधिकृत हस्ताक्षरलाई मान्यता नदिन पार्टी केन्द्रीय नेतृत्व, पार्टी अध्यक्ष र संसदीय दलका प्रमुख सचेतकले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको जानकारी दिए ।

श्रेष्ठले परिपक्व प्रदेश प्रमुखले आफ्नो अधिकारको दुरुपयोग नगर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस