• २०८३ भाद्र २५ गते बिहिवार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले आजै दिउँसो ३ बजे शपथ लिने तयारी छ ।

निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । केन्द्रमा भएको एमालेसँगको सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णालीको मुख्यमन्त्री पाएको छ ।

सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस