• २०८३ साउन २७ गते बुधवार

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ० पैसा रहेको छ । युरोको खरिददर १७५ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा तोकिएको छ।

त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा कायम हुँदा स्वीस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा रहेको छ । क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । थाइ भाटको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५० पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७६ पैसा तथा बिक्रीदर १० रुपैयाँ ८० पैसा रहेको छ ।

May be an image of text that says 'बैडक कार्यालय, विदेशी विनिमय व्यवस्थापन विनाয় नेपाल राष्ट्र बैडकले तोकेको विनिमय दर វិចមុិ २०२६) बुधवारको विनिमय रुपर्या खरिद खुला बजार विनिमय दर (नपाल राष्ट्र बैड्कको प्रयोजनका लागि) १५२४० १५३०० เหย अस्ट्रीलियन २०५७६ १८७८८ २०६।५७ १८८६२ १०७५३ १०७९६ १०९/३७ 0٢٥0 ११८।९६ ११९४२ 8156 २२५९ 8ooo सिझगापुर जापानी चिनियां युआन अरख रियाल कतारी रियाल भाट अरव इमिरेट रिइगट दक्षिण कोरियन स्वंडिस ऋोनर डैनिस ऋ्ोनर ४०७५ 033 ४१९७ 05183 ४श६६ ३७ા२४ ३૭ા३९ १०१७६ OICO १६०੨ १६०८ २३५१ दिनार २३६१ શ९४२ बहराइन दिनार ओमानी रियाल 019 ४९६।२६ ४९८२१ ४०४२९ မ6 विनिमव परलई बेस्रफले बेक्दकलনते लोकसे विनिमय अच्ावाधिक बेईूकको ३९७३९ सक्नेड्ड। सखोधन गनं सक्नेछ্'

Sharing

प्रतिक्रिया दिनुहोस