• २०८३ बैशाख २६ गते शनिवार

थवाङ गाउँपालिकाका जनप्रतिनिधी सँग आइ पास नेपालको अन्तरक्रिया तथा योजना गोष्ठी कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समय : २ मिनेट

पौष २२, थवाङ रोल्पा । थवाङ गाउँपालिका स्थानिय पदाधिकारीहरु सँग प्रजन्न स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया तथा योजना गोष्ठी कार्यक्रम सोमबार थवाङ सम्पन्न भएको छ । आइ पास नेपालको सहयोग एवम आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनमा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष विर वहादुर घर्ती को अध्यक्षता तथा गा.पा उपाध्यक्ष रामकिरणी रोका मगर, प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, थवाङ गाउँपालिकाका ५ वटै वडाका वडा अध्यक्ष,वडा सदस्य गा.पा.मा कार्यरत कर्मचारी लगाएतको उपस्थित रहेको कार्यक्रमा सन्चालन आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख तुल बहादुर पुनले गर्नु भएको थियो भने गोष्ठीको सहजिकरण पास नेपाल जिल्ला शाखा रोल्पाकी प्रोगाम कोडिनेटर प्रज्ञा वलीले गर्नु भएको हो ।
थवाङ गाउँपालिकामा सुरक्षित गर्भपतनको अवस्था के कस्तो रहेको छ सुरक्षित गर्भपतनको बारेमा फैल्याइएका भ्रम र सत्य गाउँपालिकामा वसोवास गर्ने समुदायमा सुरक्षित गर्भपतन सम्बन्धी ज्ञानको बारेमा स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुनले प्रस्तुत गर्नु भएको थियो भने सुरक्षित गर्भपतन भनेको के हो,सुरक्षित गर्भपतन गर्न पाउने अवस्था,सुरक्षित गर्भपतन सेवाको विधिहरु,यस्को कानुन बाटो लगायतको बारेमा पज्ञा वली सहजीकरण गर्नु भएको थियो ।

सुरक्षित गर्भपतन गर्नको लागि नेपाल सरकारको कानुनमा १२ हप्ता सम्मको गर्भ र २८ हप्ता सम्मको गर्भ गरी दुइ भागमा सुरक्षित गर्भपतन गराउन सक्ने प्रावधान बनाएको छ । कुनै कारण नचाहादा नचाहादै गर्भ रहेमा वा अन्य कारणले गर्भ रहे पश्चात गर्भ पतन गर्नु परेमा सुचिकृत संस्था र नेपाल सरकारले तोकेको चिकित्सकबाट मात्रै गर्भपतन गराउने नियम रहेको छ ।
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष विर बहादुर घर्तीले भन्नु भयो सुरक्षित गर्भपतन सम्बन्धी ज्ञानको कमी समाजमा अझै पनि छ । महिलाहरु बोल्न हिचकिचाउने भन्न नडाराउने जस्ता धेरै समस्याले गर्दा आफै महिलाहरुलाई समस्या परेको हो की भन्ने लाग्छ मलाई नेपाल सरकारको कानुनले नै दिइसकेको छ कि १२ हप्ता र २८ हप्ता सम्मको गर्भ केही कारण वस पतन गर्नु परेमा सुरिक्षित गर्भपतन गर्ने सेवा स्वास्थ्य कार्यलयहरु बाट भैरहेको छ त्यो शिक्षा अझै गाउँघर सम्म नपुगेको होकी जस्तो महसुस हुन्छ हाम्रो गाउँपालिकाले जनचेतना जस्ता कार्यक्रमहरुको लागी भनेर केही वजेट त छुट्याएका छौ तर पनि यसमा यो सम्बन्धी शिक्षा पुगिसकेको छैन ।
सकेसम्म पहिले नै सुरक्षित गर्भ रोदक सामाग्री प्रयोग गर्ने यदि कारणवस पनि गर्भ रहेको खण्डमा नेपाल सरकारको कानुनमा रही सुरक्षित गर्भपतन गर्ने र यो सम्बन्धी गाउँ घरमा शिक्षा दिन तपाई हामी सवैको दायित्व रहेन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस