साउन २, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाको सत्तारूढ पार्टी जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन शिल्भावीच जेभिपीको पार्टी कार्यालय कोलम्वोमा भेटघाट भएको छ ।

दुइ पक्षीय भेटघाटमा नेपाल श्रीलंकाको कम्युनिस्ट आन्दोलन, दुई पार्टीवीचको सम्वन्ध, एसियाली समाजवादी पार्टीहरूवीचको एकता र सहकार्य सहित कम्युनिस्टहरूको साझा गन्तव्य समाजवादमा पुग्ने विषयमा गहन विमर्श गरिएको छ ।
