पौष १७, इरान। इरानको उत्तर पूर्वी क्षेत्रमा ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
आज बिहान खोरासन राजाभी प्रान्तको साङगान सहरमा केन्द्रविन्दु बनाएर ५.८ म्याग्नीच्यूडको भूकम्प इरानी भू–गर्भ विभागले जनाएको छ ।

उक्त भूकम्पका कारण मानवीय, सम्पत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।