• २०८३ जेष्ठ १९ गते मङ्गलवार

कुटपिट गरी श्रीमती हत्या गर्ने महतो पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष १७ ,पर्सा  । कुटपिट गरी श्रीमती हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमती २३ वर्षीया ललिता देवीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पर्सागढी नगरपालिका–५ पचरुखा बस्ने २७ वर्षीय देवा महतोलाई आज बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

महतोले एक महिना अगाडि कुटपिट गर्दा घाइते भएकी ललिताको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको थियो ।

घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस