• २०८३ बैशाख १० गते बिहिवार

तामाङ समुदाय र प्रहरीबीच प्रहरी परिसर टेकुमा झडप : ३५ जना भन्दाबढि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १७, काठमाडौं । जिल्ला प्रहरी परिसर घेर्न पुगेको तामाङ समुदाय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले ३५ जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ गरिएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए।

परिसरमै प्रदर्शनमा उत्रिएका तामाङ समुदाय र प्रहरीबीच झडप भएको हो । पाण्डेलाई पक्राउ गरिसकिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरेपनि आन्दोलनकारीले नमाने पछि पक्राउ गरिएको प्रहरीको दाबी छ । प्रर्दशनमा उत्रिएकामाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यास समेत हानेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस