• २०८३ असोज १८ गते आइतवार

कश्मीरको गोलीबारीमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष १७,  भारत । भारत प्रशासित कश्मीरको राजोरी जिल्लाअन्तर्गत पाकिस्तानसँगको सीमा क्षेत्रको नियन्त्रण रेखा (एलओसी)मा भएको भिडन्तमा परी भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

केही संदिग्ध व्यक्तिको खोजीका क्रममा चलाइएको सर्च अपरेशनका क्रममा भिडन्त हुँदा भारतीय सेनातर्फ २ जनाको ज्यान गएको थियो ।ज्यान गुमाउनेमध्ये १ जना नेपाली छन् भने अर्का भारतीय छन् ।

भारतीय सेनातर्फ ज्यान गुमाउने नेपालीमा गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगर छन् । उनी भारतीय गोर्खा सैनिकको जवान (राइफल म्यान) हुन् । उक्त भिडन्तमा ज्यान गुमाउने अर्का सैनिक भारतको महाराष्ट्र राज्यअन्तर्गत सतराका २९ वर्षीय सावन्थ रघुनाथ छन् । भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार नियन्त्रण रेखा क्षेत्रमा केही संदिग्ध घुसेको आशंकामा गएको मंगलबारदेखि सर्च अपरेशन चलाइएको थियो ।

उक्त अपरेशनका क्रममा बुधबार पाकिस्तानी क्षेत्रबाट गोली चलेपछि दोहोरो भिडन्त भएको थियो । दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएका मगरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस