पौष, १७ काठमाडौँ । राष्ट्रियसभामा भारतले गरेको सीमा अतिक्रमणको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सरिता प्रसाईंको समर्थनमा दर्ता भएको प्रस्तावमा नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउन र नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्याउन भूमिका खेल्न निर्देशन दिन आग्रह गरिएको छ ।
