• २०८३ मङ्सिर ५ गते शुक्रवार

मुलुकको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार नै हो : सांसद पराजुली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसद गणेश पराजुलीले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी कारबाही पर्याप्त नहुने भन्दै राज्यको व्यवस्था र प्रणालीमै सुधार आवश्यक रहेको बताएका हुन् ।

उनले भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धताका साथ नेपाली जनताले वर्तमान नेतृत्वलाई जिम्मेवारी दिएको बताए । उनले भने, ‘देशको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार हो । त्यही भ्रष्टाचारलाई जरैदेखि निमिट्यान्न पार्नुपर्छ भनेर राजनीतिक बागडोर समाल्दैगर्दा नेपाली जनताले यो जिम्मेवारी काँधमा सुम्पिएका हुन् ।’

उनले भ्रष्टाचार जहाँ र जसरी भए पनि प्राकृतिक घटनालाई कारबाही गरेर मात्र भ्रष्टाचार निवारण नहुने बताए ।

उनले पासपोर्ट छपाइ प्रक्रियासँग जोडिएको विषयमा विगतदेखि नै विभिन्न प्रश्न उठ्दै आएको उल्लेख गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस