• २०८३ जेष्ठ २८ गते बिहिवार

नेपाल प्रहरीका डिआइजी सिंह एआइजी बढुवामा सिफारिस

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा, क्राईमबिट

पुस १४, काठमाडौं। नेपाल प्रहरीकी डिआइजी आशा सिंह एआइजी बढुवा सिफारिसमा परेकी छिन्। प्रहरी अस्पतालमा रहेकी उनलाई बढुवा सिफारिस समितिले एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।


प्रहरीको रिक्त प्राविधिकतर्फको एआइजी पदमा वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह सिफारिसमा परेकी हुन्। अस्पतालको मेडिकल डाइरेक्टर एआइजी दुर्गा थापा नियमित अवकासमा गएपछि प्रहरीमा एआइजी पद रिक्त थियो।

Sharing

प्रतिक्रिया दिनुहोस