• २०८३ मङ्सिर ५ गते शुक्रवार

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया अगाडी बढ्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौं । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ। बिहान साढे ९ बजेदेखि शुरु हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सिफारिस गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस