• २०८३ कार्तिक २८ गते शुक्रवार

अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस