पुस २२,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सबै १९ जना उम्मेदवारको नाम तय गरेको छ। महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका हुन्।

नेकपा एमालेले बागमती प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको छ । नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ । राष्ट्रियसभा चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
