• २०८३ कार्तिक ३० गते आइतवार

सल्यानमा घोडाले लात्तीले हान्दा एक बालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष १२,सल्यान।  सल्यानमा घोडाले लात्तीले हान्दा एक बालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ छिमेकीको गोठमा खेल्दै गर्दा घोडाले लात्तीले हानेर वनगाड कुपिण्डे नगरपालिका-१ खहरेखोलाका आठ वर्षीय राजु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घोडाले लात्तीले हानेर घाइते भएका बुढाको मेहलकुना अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस