• २०८३ असार १२ गते शुक्रवार

एनपीएलको तेस्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको तेस्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला गरेको छ ।

क्यानले हालै फ्रेन्चाईज टोलीबाट रिलिज भएका खेलाडी तथा एनपीएल अक्सनमा सहभागी हुन चाहने सम्पुर्ण नेपाली खेलाडीहरुले https://npl-t20.com/registration लिंक मार्फत आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । अक्सन प्रकृयामा सहभागी हुने खेलाडीहरुलाई A, B, C गरी ३ श्रेणीमा विभाजन गरिएको र खेलाडीहरुले आफ्नो ईच्छा अनुरुप कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले बताएको छ ।

साथै खेलाडी दर्ता शुल्क प्रति खेलाडी एक हजार तोकिएको छ । क्यानले तेस्रो सिजनको खेलाडी अक्सन यहि असार २२ गते गर्ने यसअघि नै घोषणा गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस