फागुन १६,काठमाडौं । ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको बिहीबार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली शुक्रबार मात्रै हुने भएको छ।
दुर्घटनामा मृत्यु भएका सातै जनाको शव बिहीबार बिहान काठमाडौँ ल्याइएको थियो। पोस्टमार्टममा समय लाग्ने भएपछि भोली बिहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ।