• २०८३ बैशाख ३१ गते बिहिवार

युक्रेनमा रहेका सबै नेपाली सुरक्षित : एनआरएनए (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमको कारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ । एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो ।

युक्रेनमा रहनुभएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसले बिहीबार बिहानबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । यसपछि एनआरएनएले विज्ञप्ति निकालेर युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ । ‘युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं,’ एनआरएनएले भनेको छ ।

एनआरएनएले युक्रेनमा सम्पर्कका लागि राष्ट्रिय समन्वय परिषद् युक्रेनका अध्यक्ष हरि मल्ल सम्पर्क नम्बर + ३८०९३४३४७७०० र इमेल  hariodessa@yahoo.com र नेपालस्थित सङ्घको सचिवालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस