• २०८३ असार ८ गते सोमवार

विष्णु पौडेल पक्राउप्रति प्रदीप ज्ञवालीको टिप्पणी- गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला चलाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको विषयमा टिप्पणी गर्दै पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता ज्ञवालीले पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित विधि हुनु पर्ने हो भन्दै पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको बताएका हुन् ।

उनले राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुन सम्मत् सामना गर्ने र न्यायालयको फैसलालाई सहज ढङ्गले स्वीकार गर्ने एमालेको स्थापित मान्यता र एमाले यस मान्यतालाई अवलम्बन गर्दै आएको बताएका छन् ।

नेता ज्ञवालीले राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुन नहुने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस