• २०८३ असार ८ गते सोमवार

नेपाल ग्रे लिष्टमा कायमै, एफएटीएफले दियो ६ सुझाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं ।  फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपालको ग्रे लिष्टको अनुगमन जारी राखेको जनाउदै विभिन्न ६ सुझाव दिएको छ । एफएटीएफको पछिल्लो बैठकले नेपालसहितका २२ देशलाई तत्काल समयसीमा नपरेका क्षेत्राधिकारहरूलाई स्वेच्छिक रूपमा प्रगति प्रतिवेदन पेश गर्ने केही लचकता प्रदान गरेको जनाएको छ ।

साथै फेब्रुअरी २०२६ यताको प्रगति समीक्षा गर्दै एफएटीएफले विभिन्न ६ सुझाव दिएको छ । जसमा १- प्रमुख मनी लाउन्डरिङ (एमएल) तथा आतंकवाद वित्तीयकरण (टीएफ) जोखिमहरूको बुझाइ सुधार गर्ने; २- वाणिज्य बैंकहरू, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, डीपीएमएस तथा घरजग्गा क्षेत्रको जोखिम–आधारित नियमन सुधार गर्ने; ३- वित्तीय समावेशनमा बाधा नपुर्‍याईकन अवैध रूपमा सञ्चालन हुने भेन्डर मनी ट्रान्सफर सेवा (एमभीटीएस)/हुन्डी सेवा प्रदायकहरूको पहिचान र कारबाही प्रमाणित गर्ने; ४- मनी लाउन्डरिङ अनुसन्धान गर्न सक्षम निकायहरूको क्षमता र समन्वय बढाउने; ५- मनी लाउन्डरिङ अनुसन्धान तथा अभियोजनमा वृद्धि देखाउने; र ६- जोखिम प्रोफाइलअनुसार अपराधबाट प्राप्त सम्पत्ति तथा साधनहरूको पहिचान, ट्रेस, रोकथाम, जफत र आवश्यक परेमा जफत (कन्फिस्केसन) गर्ने उपायहरू प्रमाणित गर्ने रहेका छन् ।

नेपालले आफ्नो रणनीतिक कमजोरीहरू सम्बोधन गर्न एफएटीएफ कार्ययोजना कार्यान्वयनमा निरन्तर काम गर्नुपर्ने समेत उल्लेख गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस