पौष , १० सुनसरी। धरान उपमहानरपालिका– १५ मा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

गएराति श्रीमान् काजीमान र श्रीमती रमिला राईबीच घरायसी बादविवाद भई कुटपिट हुदा ३६ वर्षीया रमिला राईको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।