• २०८३ जेष्ठ २४ गते आइतवार

नर्वेका राजाका पूर्व ज्वाईँले गरे आत्महत्या

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १० काठमाडौँ । नर्वेका राजाका पूर्व ज्वाईँको ४७ वर्षको उमेरमा निधन भएको छ ।

अरीका प्रवक्ताले नर्वेको एनटिबी एजेन्सीलाई दिएको जानकारी अनुसार विभिन्न उपन्यास तथा नाटकका लेखक समेत रहेका नर्वेकी राजकुमारी मार्था लुइसका पूर्व पति अरी बेहन अरीले आत्महत्या गरेको जनाइएको छ ।

राजकुमारी मार्थाको सन् २००२ मा विवाह भएको थियो । तर उनीहरुको वैवाहिक सम्बन्ध दुई वर्षअघि अर्थात सन् २०१७ मा टुंगिएको थियो । नर्वेका राजा–रानीले एक वक्तव्य जारी गरेर अरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनी लामो समय राजपरिवारको महत्वपूर्ण सदस्य रहेको र उनको स्मृति जहिले पनि राम्रो व्यक्तिका रुपमा रहने वक्तव्यमा उल्लेख गरिएको छ । अरी र मार्थाका तीन सन्तान छन्। उनीहरु सन् २०१६ देखि अलग बस्न थालेका थिए र सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस