असार ५, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्को बैठकले भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट गरिएको थियो । अध्यक्ष नियुक्ति गर्न बनाइएको समितिले अन्तिम चार जना डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको थियो ।
समितिले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो भने ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखेको थियो ।