असार ५, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका निम्ति बन्द गरिएको छ । चिडियाखानामा रहेका जीवजन्तुमा बर्डफ्लु देखिएपछि चिडियाखाना बन्द गरिएको हो ।

सदर चिडियाखानाले सूचना जारी गर्दै भनेको छ- ‘राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै आज मिति २०८३ साल आषाढ ५ गते देखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं । यसबाट दर्शकहरुमा पर्न गएको असुविधाकोलागि सदर चिडियाखाना क्षमाप्रार्थी व्यक्त गर्दछ ।’