• २०८३ बैशाख ७ गते सोमवार

वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ८ गुल्मी । गुल्मीमा एकजना वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर-७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका-८ बस्ने २० वर्षीय सन्तोष घर्ती पक्राउ परेका हुन् ।

भण्डारी गत पुस ५ गते आफनै गोठमा मृत अवस्थामा फेला परेका थिए ।भण्डारीको हत्यामा घर्ती संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

गोठमा दुवै जनाबीच आपसी विवाद हुने क्रममा घर्तीले ढुंगा प्रहार गरी भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका घर्तीलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस