• २०८३ असार १ गते सोमवार

विश्वकपमा ट्युनिसियाविरुद्ध स्विडेनको शानदार जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । स्विडेनले जारी विश्वकपमा विजयी शुरुवात गरेको छ । विश्वकपको समुह एफ अन्तर्गतको मेक्सिकोको मोन्टेरे स्टेडियममा सम्पन्न खेलमा ट्युनिसियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

स्विडेनको जितमा यासिन अयारीले २ गोल गरेका थिए भने अलेक्जेन्डर इसक, भिक्टर ग्योकेरेस र मातिआस सभानबर्गले एक एक गोल गरेका थिए । त्यस्तै ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल गरेका थिए ।

यो जितपछि स्विडेन समुह एफमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ । समुह एफमा जापान र नेदरल्याण्डसले बराबरी खेल्दै एक एक अंक हासिल गरेका छन् ।

अब विश्वकपमा स्विडेनले अर्को खेल जुन २० मा नेदरल्याण्डससँग र जुन २६ मा जापानसँग खेल्ने छ । त्यस्तै ट्युनिसियाले जुन २१ मा जापानसँग र जुन २६ मा नेदरल्याण्डससँग खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस