• २०८३ जेष्ठ २३ गते शनिवार

 ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा काठमाडौँमा प्रभातफेरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।  ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी आयोजना गरिएको छ । खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उनीहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने नारासहितका प्लेकार्ड लिएर सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका प्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

प्रभातफेरीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहभागिता जनाउदै सानो कदमले पनि समावेशी भविष्यका ठूलो मार्ग खोल्नेछ भन्ने विश्वास व्यक्त गरेका थिए ।

यस बर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा ‘सामाजिक प्रगतिलाई अगाडि बढाउन अपाङ्गता समावेशी समाजहरूलाई प्रवर्द्धन गर्ने’ भन्ने रहेको छ । यस विषयवस्तुको अर्थ समाजलाई न्यायपूर्ण बनाउन र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सम्मान गर्न हामी सबै मिलेर काम गर्नु आवश्यक रहेको छ भन्ने हो ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस