• २०८३ जेष्ठ ३१ गते आइतवार

जंगली हात्तीको आक्रमणमा झापामा एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा जङ्गल क्षेत्रबाट अचानक आएको जंगली हात्तीको आक्रमणमा परेकी थिइन् ।

हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस