जेठ ३०, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापालाई नेपाली ५ सय दरको १९ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।