• २०८३ जेष्ठ २९ गते शुक्रवार

हुम्ला बाजुरा सिमा विवाद हुदा मुुगुलाई असर

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेठ २९, , मुगु। छिमेकि जिल्ला मुगु सँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सिमा विवादको अवस्था चर्किदै जाँदा मुगुलाई पनि असर परेको छ । बाजुराको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु गाउँपालिका , खत्याड गाउँपालिकाका स्थानीयलाई सवारी आवतजावत र पुर्वाधार तथा विकास निर्माणका सामानहरु ढुवानीमा समस्या उत्पन्न भएको हो ।

हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको प्रहरी चौकि स्थापना गर्ने घटना सम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै जेठ १० गते कर्णाली राजमार्ग (कोरिडोर) पूर्ण रूपमा बन्द गरिएको थियो । ज्ञापन पत्रमा वैशाख ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबीच २४ घण्टाका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो । तर, सहमति अनुसार मागहरू कार्यान्वयन नभएको र स्थानीय माथि भएका चोरी सिकारी लुटपाट तथा तोडफोड घटनाको निष्पक्ष छानबिन अघि नबढेको आरोप लगाइएको छ ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार खर्चको व्यवस्था गर्न माग गरेको छ । विवादका कारण मुगु जिल्लाको सोरु र खत्याड गाउँपालिकाका स्थानीयहरुलाई अन्तर जिल्ला पुग्न सवारी साधन आवतजावतमा समस्या , खाद्यान्न तरकारी सामग्री ढुवानी र मुगुका दुई स्थानीय सरकारका कामकाज विकास , असार महिनाको अन्तीम तिर पुर्वाधारका सामग्री ढुवानी तथा आयत निर्यात गर्न समस्या उत्पन्न भएको सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

अध्क्षय शाहीका अनुुसार असार मसान्तको समय नजिकिदै गर्दा आयोजनाका कार्यलाई सम्पन्न गर्न हार्डवयरका सामान लगायत अन्य क्षेत्रका कोणबाट पनि समस्या भएको अध्यक्ष शाहीको भनाई छ । कर्णाली कोरिडोर बन्द भएसँगै बाजुरा–हुम्ला मात्रै नभएर मुगुलाई आवतजावतमा प्रभावित भएको छ । आन्दोलनरत पक्षले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजलाई पीडितको न्यायका पक्षमा उभिन आग्रह गरेको छ ।

उता बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार प्रहरी चौकि स्थापना गर्न हुम्ला र बाजुराका स्थानीय बिच बिवाद उत्पन्न भएको थियो । विवादकै बिच बाजुराका स्थानीयले कर्णाली कोरिडोर अनिश्चितकालिन बन्द भएको घटनाले नागरिकमा पर्न गएको समस्या लाई मध्येनजर गर्दे अन्य घटनाहरुको कानुनी प्रक्रिया भईरहेको छ भने सडक खुलाउने प्रक्रियालाई पनि अगाडी बढाई रहेको बाजुराका सहायक प्रजिअ पुडासैनीको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस