• २०८३ कार्तिक ३० गते आइतवार

हरिकृष्ण हत्या प्रकरण : प्रहरी सहित ५ जना पुर्पक्षका लागि कारागार चलान

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८,मुगु। मुगुमा १६ वर्षअघि भएको हरिकृष्ण शाही हत्या प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरी पुरपक्षका लागि कारागार चलान गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मुगुले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान, पक्राउ तथा अदालतको आदेशबारे जानकारी दिएको हो।

प्रहरीका अनुसार वि.सं. २०६७ असार ४ गते भएको हरिकृष्ण शाहीको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा मिति २०८३ वैशाख ३१ गते जाहेरवाली पुनी शाहीले ९ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेकी थिइन्। त्यसपछि मुगु जिल्ला अदालतबाट ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

प्रहरीले वैशाख ३१ गते सङ्गीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो। त्यसैगरी जेठ १ गते पारसमणि मल्ल, चन्द्रप्रकाश शाही, कानुनको बिवादमा परेका बालक रारा ६० अ., कानुनको बिवादमा परेका बालक रारा ६० आ, तथा जेठ ७ गते जसु बोहोरालाई पक्राउ गरेको जनाएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भएका ९ जनामध्ये ७ जना पक्राउ परेका छन् भने २ जना अझै फरार रहेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस