जेठ २८, बर्दिया । बर्दियामा नक्कली सिँचाई कार्यालय खोल्ने दम्पति पक्राउ परेका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–०३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक झुटो कार्यालय खोलेर उनीहरूले कर्मचारी नियुक्ति गर्ने तथा मजदुरी काममा लगाइदिने प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगी गरिरहेका दम्पति पक्राउ परेका हुन् । प्रहरीका अनुसार कामदारलाई ज्याला नदिने, घरधनीलाई भाडा नतिर्ने र सरकारी कागजात तथा छाप नक्कली रूपमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–०३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–०५ की २३ वर्षीया कृपा चौधरी रहेका छन् ।
दुवै जनामाथि लिखतसम्बन्धी कसूर तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।