जेठ २५, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज नबस्ने भएको छ । संघीय संसद सचिवालयले सुचना टाँस गरेर आज १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक नबस्ने जानकारी गराएको हो । संसद सचिवालयले विशेष कारणले आज १५ मिनेटका लागि स्थगित भएको बैठक नबस्ने जानकारी दिदै अब अर्को बैठक जेठ २६ गते मंगलबार दिउसो १ बजे बस्ने जानकारी दिएको छ ।

यसअघि आजको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनु पर्ने, संसदमा आएर माफी माग्नुपर्ने लगायतका माग राखेर अवरोध गरेका थिए ।