• २०८३ जेष्ठ २४ गते आइतवार

भारतविरुद्धको टेस्टमा फलोअन बचाउन संघर्ष गर्दै अफगानिस्तान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । भारतविरुद्धको टेस्टमा अफगानिस्तान दोस्रो दिनको खेल सकिदा पहिलो इनिंगमा ४५१ रनले पछाडी रहेको छ । दोस्रो दिनको खेल सकिदा अफगानिस्तानले ५ विकेट गुमाउदै ११३ रन बनाएपछि भारतभन्दा ४५१ रनले पछि परेपछि फलोअन बचाउन संघर्ष गरिरहेको छ ।

अफगानिस्तानका रहमत शाहले ४३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै कप्तान हाश्मतुल्लाह शाहिदी २० रन बनाएर आउट भए भने सेडिक्वाल्लाह अटलले १७ र अब्दुल मालिकले १६ रन बनाएका थिए ।

त्यसैगरी भारतका बलर डेभ्यु टेस्ट खेलिरहेका भारतका बलर मानव सुथारले ३ विकेट लिएका छन् भने प्रसिद्ध कृष्णले २ विकेट लिएका छन् ।

यसअघि भारतले पहिलो इनिंगमा ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । पहिलो इनिंगमा भारतका लागि कप्तान शुभमन गिलले १२६ रन बनाएका थिए भने केएल राहुलले १०० रन बनाएका थिए । त्यस्तै ऋषव पन्त र साई सुदर्शनले ८१-८१ रन तथा वाशिंटन सुन्दरले ५२ रन बनाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस