• २०८३ असोज १४ गते बुधवार

एशियन गेम्सको छनौट प्रतियोगिताको फाइनलमा नेपाल र हङकङ भिड्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४,  काठमाडौं ।   सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा नेपाल र हङकङ भिड्ने भएका छन् । आज भएका सेमिफाइनलमा विजयी भएसँगै नेपाल र हङकङ फाइनलमा भिड्ने भएका हुन् ।

नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ । अब नेपाल र हङकङ सोमबार फाइनल खेल्ने छन् । त्यस्तै सेमिफाइनलमा पराजित भएका ओमान र मलेसिया तेस्रो स्थानका लागि भोली नै खेल्ने छन् ।

सोमबार हुने फाइनल खेल अपराहन्न सवा १२ बजे हुने छ भने तेस्रो स्थानको खेल विहान सवा ७ बजे हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस