• २०८३ जेष्ठ २४ गते आइतवार

सुन एकैदिन तोलाको ८ हजार २ सयले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४,  काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ८ हजार २ सयले घटेर तोलाको ३ लाख ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३५ रुपैयाँले घटेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५२३० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस