• २०८३ जेष्ठ २३ गते शनिवार

जेनजी आन्दोलनमा फरार जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, पोखरा । जबरजस्ती करणी मुद्दामा अदालतबाट ७ वर्ष कैद सजाय पाएर कैद भुक्तान गरिरहेका र जेनजी आन्दोलनका बेला फरार भएका एक कैदी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ७ वर्ष कैद सजाय पाएका कास्कीको पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगराती उर्फ कृष्णबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका उनी तत्कालीन समयमा सह–नाइके तथा मोडा नाइकेको जिम्मेवारीमा रहेका थिए । उनी ‘जेन–जी आन्दोलन’ का क्रममा फरार भएका थिए ।

प्रहरीका अनुसार जेठ २२ गते बेलुका करिब ९ बजे जिल्ला म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर क्षेत्रमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सार्कीलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय बेनी, म्याग्दी पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस