• २०८३ जेष्ठ २३ गते शनिवार

परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३,  काठमाडौं ।  भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई पक्षबीच नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने, राजनीतिक दल–स्तरका सम्बन्ध विस्तार गर्ने तथा जनस्तरमा आपसी सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।

शुक्रबार दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले शुक्रबारनै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता गरेका थिए । दिल्लीमा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।

दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ । मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस